'ए' डिभिजन लिगमा खुमलटार र मनाङ मर्स्याङ्दी भिड्दै
काठमाडाैं | बैशाख ९, २०८०
काठमाडौं: सहिद स्मारक 'ए' डिभिजन लिग फुटबल अन्तर्गत आज शनिबार तीन खेलहरु हुँदैछ।
लिगको ११ औं चरण अन्तर्गत शनिबार तीन खेलहरु हुँदैछ । जसमा दुई खेल दशरथ रंगशाला र एक खेल च्यासल मैदानमा हुनेछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेलमा एफसी खुमलटार र मनाङ मर्स्याङ्दी क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
खुमलटार र मनाङको खेल दिउँसो ३ बजे सुरु हुनेछ ।
खुमलटार आज चौंथो जितको योजनामा हुनेछ । खुमलटार १० खेलमा १० अंक जोडेर १२ औं स्थानमा रहेको छ । मनाङ पाँचौं जितको खोजीमा हुनेछ । मनाङ १० खेलमा १५ अंक जोडेर छैटौं स्थानमा रहेको छ ।
रंगशालामा हुने दोस्रो खेलमा जावलाखेल युथ क्लब र चर्च ब्वाइज युनाईटेडबीच खेल हुनेछ । जावलाखेल र चर्च ब्वाइजबीचको खेल साँझ ६ बजे सुरु हुनेछ ।
शीर्ष स्थानको जावलाखेल सातौं जितको खोजीमा हुनेछ । जावलाखेल १० खेलमा २० अंक जोडेर शीर्ष स्थानमा रहेको छ । चर्च ब्वाइज पाँचौं जित निकाल्न चाहन्छ । चर्च ब्वाइज १० खेलमा १८ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।
त्यस्तै च्यासलमा मछिन्द्र फुटबल क्लब र फ्रेन्ड्स क्लब भिड्ने छन् । मछिन्द्र र फ्रेन्ड्सबीचको खेल दिउँसो ३ बजे सुरु हुनेछ । मछिन्द्र चौंथो जित निकाल्ने योजनामा रहेको छ । मछिन्द्र १० खेलमा १३ अंक जोडेर नवौं स्थानमा रहेको छ ।
फ्रेन्ड्स पनि चौंथो जित निकाल्न चाहन्छ । फ्रेन्ड्स १० खेलमा ११ अंक जोडेर ११ औं स्थानमा रहेको छ
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

